राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि आह्वान गर्नुभएको छ ।
मङसिर २४ गते राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी सङ्घीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको जानकारी दिएको हो ।
संविधानको धारा ९३ बमोजिम उक्त दिनका लागि संसदको आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक डाकिएको छ । राष्ट्रपतिले सङ्घीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
