३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक वर्षपछि भगवानपुर गाउँपालिका–३ का ४१ वर्षीय अजय यादवलाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७५ कात्तिक ३ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा कात्तिक ४ गते उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण लहान अस्पतालमा कात्तिक ४ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर विजय यादवका अनुसार आरोपित घरमै लुकिछिपी बसेको सूचनाको आधारमा गिरफ्तार गरिएको बताउनुभयो ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७