१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा जिल्लाको सिरहा नपा–६ का २८ वर्षीय दिपेन्द्र महरालाई मङ्सिर २३ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितलाई सिरहा प्रहरीले गिरफ्तार गरी मङ्सिर २३ गते कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीलाई बुझाएको सप्तरीका डिएसपी तिलक भारतीले बताउनु भयो ।
बालिकालाई ललाईफकाई बिहेको आश्वासन दिएर राजविराज नपा–३ स्थित दीपसाजन लजमा राखी कात्तिक २६ गते आरोपितले बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सिरहामा मङ्सिर ३ गते उजुरी दिनु भएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन सिरहा अस्पतालमा गरिएको अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा. नागेन्द्रप्रसाद यादवले बताउनु भयो ।
घटनास्थल सप्तरी भएको भन्दै सिरहा प्रहरीले कारवाहीका लागि मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रसहित फाइल पठाएको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीले मङ्सिर १८ गते बलात्कार घटनाको उजुरी दर्ता गरेको थियो ।