INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको र जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई काममा लगाइदिने भन्दै बलात्कार गरेको र जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा खैरहनी नपा–९ बैरेनीमा शर्मिला होटल सञ्चालक ३९ वर्षीया शर्मिला पाठक र ४३ वर्षीया राजु पाठकविरूद्ध प्रहरीमा मङ्सिर २४ गते उजुरी परेको छ ।

पीडित बालिकालाई आरोपितद्वयको होटलमा मङ्सिर १९ गतेदेखि काम सुरू गरेकी बालिकालाई मङ्सिर २० गते भोलिपल्ट होटल मालिकले अप्राकृतिक मैथुन गरेको पीडित बालिकाले बताइन् ।

त्यसपछि मङ्सिर २१ गते ट्रक ड्राइभरहरू बोलाएर होटल सञ्चालकले नै जबरजस्ती यौन सम्पर्क गर्न लगाएको भन्दै पीडित बालिकाले मङ्सिर २३ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिनुभएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २४ गते भरतपुर अस्पतालमा गरिएको छ ।

खैरहनी इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर धनबहादुर साउदले घटनाका आरोपितहरू कोही पनि गिरफ्तार भइ नसकेको बताउनुभयो ।

अन्य

भिडियो