भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सल्यानको खलङ्गामा सरोकारवालाहरूको हस्ताक्षर सङ्कलन गरिएको छ ।
सुशासनका लागि हाम्रो प्रतिबद्धता, भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न दिन्न र सहन्न भन्दै जिल्लाका सरोकारवालाहरूले हस्ताक्षर गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, पत्रकारलगायतले हस्ताक्षर गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय, इन्सेक नेपाल, हरप्लेस सल्यान तथा बागेश्वरी असल शासन क्लब सल्यानको संयुक्त आयोजनामा हस्ताक्षर सङ्कलन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले भ्रष्टाचार विरुद्ध सबै लाग्नु पर्ने बताउनु भयो ।
उहाँले भ्रष्टाचार बढेमा नागरिकहरू मानव अधिकारमैत्री सेवा पाउनबाट वञ्चित हुने भएकाले यसको न्युनिकरणका लागि सबै लाग्नु पर्ने बताउनुभयो ।







