INSEC Online

📅 २०८३ जेष्ठ २१

भ्रष्टचार गर्दैनौँ, सहदैँनौँ भन्ने नाराका साथ भ्रष्टाचारविरूद्धको १६ औँ अन्तराष्ट्रिय दिवस मनाइयो

भ्रष्टचार गर्दैनौँ, सहदैँनौँ भन्ने मूल नाराका साथ भ्रष्टाचार विरूद्धको १६ औँ अन्तराष्ट्रिय दिवस मनाइएको छ ।

मङसिर २३ गते अर्थात डिसेम्बर ९ का दिन उक्त दिवसका अवसरमा भ्रष्टाचार विरूद्धको अभियानमा लाग्न सबैलाई आग्रह गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका सङ्घसंस्थाले काठमाडौँमा प्रभातफेरीको आयोजना गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घले यस वर्षको भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको नारा ‘भ्रष्टाचार विरूद्धको सहकार्यः सुशासनका लागि अपरिहार्य’ भन्ने तय गरेको छ ।

प्रभातफेरीपछि आयोजित कोण सभामा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जिताराम लामाले बढ्दो भ्रष्टचारलाई कम गर्न सरकारले पहल लिन आवश्यक रहेको बताउनुभयो ।

पछिल्लो समयको एक सर्भेक्षणमा १ सय पुर्णाङ्कमा ३१ अङ्कका साथ १ सय २४ औँ स्थानमा परेको देखाइएको छ ।

भ्रष्टचारको अन्त्य गर्न सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिँदै विभिन्न नारासहित भृकुटी मण्डपबाट सुरू गरिएको र्‍याली भद्रकाली, सहिदगेट, वीर अस्पताल, शान्तिबाटिका हुँदै पुनः भृकुटी मण्डपमा आएर समापन गरिएको थियो ।

photo20191210kathmandu1photo20191210kathmandu2

अन्य

भिडियो