१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुरु क्षेत्र गाउँपालिका–३ का ४१ वर्षीय भोजबहादुर सार्कीलाई मङ्सिर २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर १९ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी मिनबहादुर घलेले बताउनुभयो ।
पीडित बालिकालाई आरोपितले ३० रुपियाँ दिएर बलात्कार गरेको डिएसपी घलेले जानकारी दिनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १९ गते नै गुल्मी अस्पतालमा गरिएको छ ।