रिक्त रहेका विभिन्न ५२ पदमा मङ्सिर १४ गते (आज) बिहान सात बजेबाट सुरू भएको मतदान साँझ ५ बजे सकिएको छ । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।

उपनिर्वाचनका क्रममा केही स्थानमा बम विष्फोटका छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपले मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । मतदानको पूर्णविवरण आउन बाँकी रहे पनि अधिकांश स्थानमा करिब ७० प्रतिशत मतदान भएको आयोगले जनाएको छ।
३७ जिल्लामा भएको उपनिर्वाचनका क्रममा कास्कीका मतदानस्थलमा बम विष्फोट भएको थियो। बैतडीमा पनि शङ्कास्पद वस्तु फेला परेको थियो । कास्कीको पोखरामा भने श्रृङ्खलाबद्ध रूपमा विभिन्न चार ओटा मतदानस्थल नजिकै बम बिस्फोट भएको थियो ।
उपनिर्वाचनालाई लक्षित गर्दै पोखरा मनपा-९ नयाँ बजारमा रहेको नवप्रभात मावि, पोखरा मनपा-१६ स्थित शान्ति मावि, पोखरा मनपा-३३ भरतपोखरीमा रहेको सरस्वती टिका मावि र पोखरा मनपा-१६ को चण्डिका आधारभूत विद्यालय मतदानस्थल नजिकै बम विष्फोट भएको हो।
सङ्खुवासभाको मकालु गाउँपालिकामा भने बिहान जाडो भएका कारण १० बजेपछि मात्रै मतदाता मतदान गर्न आएका थिए ।
प्रतिनिधि सभा सदस्यतर्फ कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २, प्रदेश सभा सदस्यतर्फ भक्तपुर जिल्ला क्षेत्र नं. १ को क, बागलुङ क्षेत्र नं. २ को ख, दाङ जिल्ला क्षेत्र नं. ३ को ख मा उपनिर्वाचनका लागि बिहान समयमा नै मतदान सुरू भएको थियो ।
त्यसैगरी सुनसरी जिल्ला धरान उपमहानगरपालिकाको प्रमुख, सङ्खुवासभा जिल्ला मकालु गाउँपालिकाको अध्यक्ष, पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष, महोत्तरी जिल्ला पिपरा गाउँपालिकाको अध्यक्ष र हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष र विभिन्न गाउँपालिका तथा नगरपालिकाको वडाध्यक्ष–४३ समेत गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचनका लागि मतदान भएको हो ।
उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २ सय ४७ मतदानस्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन् ।
इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नवराज घिमिरेका अनुसार उमाकुण्ड गाउँपालिका–५ प्रितिको वडाअध्यक्ष पदको लागि मङ्सिर १४ गते भएको उपनिर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । कुल १ हजार ७ सय ४८ मतदाता रहेको सो मतदान केन्द्रमा १ हजार १ सय ७२ मत खसेको छ ।
बिहान ७ बजेबाट सुरू भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । मतदान केन्द्रबाट मतपेटीकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयलमा पुर्याएर मतगणना गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत स्किृति पराजुलीले जानकारी दिनुभयो ।
इन्सेक अछाम जिल्ला प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार मेल्लेख गाउँपालिका-५ को वडाध्यक्ष पदका लागि भएको निर्वाचनका लागि १ हजार ९ सय ४ जना मतदाता रहेका छन् । जसमध्ये पौने ३ बजेसम्म ७० प्रतिशत मत खसेको छ ।

पोखरा मनपा-१६ दिप स्थित चण्डिका आधारभुत विद्यालयमा रहेको मतदान केन्द्र नजिक मध्यान्ह १२ बजे विष्फोट भएको छ । विष्फोटबाट विद्यालयको पर्खालमा सामान्य क्षति भएको छ । तथापी मतदान कार्य भने नरोकिएको कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेले जानकारी दिनुभयो ।

इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमल निरञ्जन भाटका अनुसार पुर्नवास नगरपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा गोरख माध्यमिक विद्यालयमा रहेको एक मात्र मतदान स्थलमा बिहान ७ बजेबाट शान्तिपुर्ण तरिकाले मतदान जारी छ ।
मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार यहाँ एक ओटा मतदान स्थलमा दुई ओटा केन्द्र रहेका छन् । कुल १ हजार १ सय ९९ जना मतदाता रहेका छन् ।



इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार कल्याणपुर नपा-१२ मा वडा अध्यक्ष पदको लागि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । ३ हजार ४ सय ५० जना मतदाता रहेका छन् भने दुई स्थानमा मतदान भइरहेको छ ।







इन्सेक सङ्खुवासभा जिल्ला प्रतिनिधि बाबुराम बास्तोलाका अनुसार मकालु गाउँपालिका-२ कारमाराङमा बिहान १० बजेबाट मात्रै मतदाता मतदाननस्थलमा आएर मतदानमा सहभागी भएका छन् ।
इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार आदर्श मावि मतदानस्थल खनदहमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको मतदान अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभएको छ ।
छ । आदर्श मावि मतदानस्थलमा १ हजार ६ सय २० जना र सुन्धारा आधारभुत विद्यालयमा १ हजार ३ सय ९१ गरी कुल ३ हजार ११ मतदाता रहेका छन् ।
खनदहमा रहेको मतदानस्थलमा खानेपानीको राम्रो व्यवस्था नभएको तर अपाङ्गता भएका, ज्येष्ठ नागरिक र सुत्केरी तथा अशक्त मतदाताका लागि विशेष व्यवस्था गरेको पाइएको भुसालले बताउनुभएको छ ।
निर्वाचनलाई लक्षित गरी यहाँका विद्यालयलाई तीन दिन विदा दिएको स्थानीयले बताएका छन् ।
तत्कालीन वडाध्यक्ष जीवनकुमार चौहानको दुर्घटनामा मृत्यु भएपछि उप निर्वाचन हुन लागेको उक्त पदमा नेकपा यमलाल खनाल, नेकाका शोभाखर खनाल र राप्रपाका रणबहादुर खनाल चुनावी मैदानमा हुनुहुन्छ ।




इन्सेक भोजपुर जिल्ला प्रतिनिधि गणेश विष्टका अनुसार पौवादुङमा गाउँपालिका-१ मा वडा अध्यक्षका लागि भएको निर्वाचन शान्तिपुर्ण रुपले भइरहेको मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले बताउनु भएको छ ।
वडा अध्यक्ष पदको लागि नेकपाबाट जितेन्द्र राई, नेपाली कांग्रेसबाट समरबहादुर कार्की र मङ्गोल नेशनल अर्गजनाईजेसनबाट कला राई चुनावी मैदानमा हुनुहुन्छ ।
उपनिर्वाचनमा १ हजार ६ सय १६ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमा ८ सय ९२ महिला र ७ सय ७४ जना पुरुष रहेका छन् ।


इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार रुरु क्षेत्र गाउँपालिका-६ को उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
बिहान ७ बजेबाटनै मतदान सुरू भएको जिल्ला निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले बताउनुभयो । निर्वाचनको लागि एक मतदान केन्द्र र दुई मतदानस्थल तोकिएको छ ।
मतदान पश्चात मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय रुरु क्षेत्र गाउँपालिका-४ बलेटक्सारमा पुर्याएपछि बेलुकीबाटै मतगणना हुने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
रुरु क्षेत्र गाउँपालिका-६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष पुर्णबहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन भएको हो ।
वडाअध्यक्ष पदका लागि तीन जना उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गिरीप्रसाद सिञ्जाली र नेपाली कांग्रेसबाट बेदप्रसाद दर्लामी तथा स्वतन्त्र तर्फबाट मनबहादुर दर्लामी चुनावी मैदानमा हुनुहुन्छ । वडा नं ६ का लागि २ हजार ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।




इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार पिपरा गाउँपालिका अध्यक्ष, बलवाको वडा २ र ८ का लागि वडाध्यक्ष र मटिहानिका एक वडाध्यक्षका लागि उपनिर्वाचनको क्रममा उत्साही भएर मतदाताहरु मतदान गरिरहेको बलवा मतदान केन्द्रमा अनुगमनका लागि पुग्नु भएका निर्वाचन प्रमुख पुष्पा झाले बताउनुभयो ।
महोत्तरीमा मतदानका लागि २९ ठाउँमा मतदान केन्द्र राखिएको छ । पिपरा, बलवा र मटिहानी क्षेत्रमा सवारी साधन आवागमन ठप्प गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान भइरहेका स्थानीय तहभित्र पास प्राप्त सवारी साधनलाइ चेकजाँच पछि मात्रै प्रवेश गर्न दिइएको छ ।

इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार बौदीकाली गाउँपालिका–५ का निर्वाचित वडा अध्यक्ष दलबहादुर खरु मगरको निधन पछि खाली भएको वडा अध्यक्ष पदका लागि शान्तिपुर्ण तवरमा मतदान कार्य भइरहेको छ ।
बौदीकाली–५ को उदय आधारभूत विद्यालयमा अहिले मतदान भइरहेको छ । बौदीकाली–५ मा ८ सय ५३ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
वडा अध्यक्ष पदको लागि नेकपा बाट खिम बहादुर खरु, नेपाली कांग्रेसबाट तलबहादुर राना र समाजवादी पार्टीबाट प्रितमबहादुर रानामगर उम्मेदवार बन्नु भएको छ । निर्वाचनमा अशक्त, अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकताका साथ मतदान केन्द्रमा आउन साथ मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
इन्सेक खोटाङ जिल्ला प्रतिनिधि रामधन राईका अनुसार साकेला गाउँपालिका–३ खिदिमामा सौर्हादपूर्ण वातावरणमा मतदान भइरहेको छ ।
खिदिमाका तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको गत वैशाख ९ गते मृत्यु भएपछि उपनिर्वाचनमार्फत अर्को वडाध्यक्ष चयन गर्न लागिएको हो ।
मतदानका लागि स्थानीय सिद्धेश्वरी माविमा ‘क’ र ‘ख’ मतदान केन्द्र तोकिएका छन् । मतदान बेलुका ५ बजेसम्म रहने मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रमुख एवम् जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले बताउनुभएको छ ।
वडाध्यक्षका लागि नेकपाकातर्फबाट स्वर्गीय मणिकुमारकी पत्नी शिवकला राई, नेपाली कांग्रेसकातर्फबाट शुक्रबहादुर तामाङ, समाजवादी पार्टीकातर्फबाट रमेश राई र राप्रपाकातर्फबाट इन्द्रबहादुर खड्का चुनावी मैदानमा हुनुहुन्छ । उक्त वडामा १ हजार ३ सय ३ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी कोपिला राईले जानकारी दिनुभएको छ ।
इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार प्रदेशसभा सदस्यमा निर्वाचित टेकबहादुर घर्तीको निधनपछि खाली भएको बागलुङ क्षेत्र नं २ (ख) र बडिगाड गाउँपालिका–२ मा निर्वाचित अध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि खाली भएको वडाध्यक्ष पदका लागि अहिले बागलुङमा शान्तिपुर्ण तवरमा मतदान कार्य भइरहेको छ ।
बागलुङमा ३६ हजार ९ सय २६ मतदाताको नाम रहेको निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।






कोहलपुर नगरपालिका–६ मा शान्तिपुर्ण रूपमा मतदान भइरहेको इन्सेक बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाले जानकारी दिनुभएको छ ।
यहाँको मतदानस्थलमा १ हजार ४९ महिला र ९ सय ७७ जना पुरुष गरी कुल २ हजार २६ जना मतदाता रहेका छन् । ज्येष्ठ नागरिक, सुत्केरी महिला र अपाङ्गता भएका मतदातालाई सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाएको पनि देवकोटाले बताउनुभएको छ ।






इन्सेक सङ्खुवासभा जिल्ला प्रतिनिधि बाबुराम बास्तोलाका अनुसार मकालु गाउँपालिका-२ कारमाराङमा बिहान ९ बजेसम्म मतदानस्थलमा एकजना पनि मतदाता आएका छैनन । चिसोका कारण मतदाता बिहानै नआएको हुनसक्ने मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले बताउनुभएको छ ।
इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार शिवराज नगरपालिका–१० को वडााध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा शान्तिपुर्ण तरिकाले मतदान जारी छ ।
निर्वाचन अधिकृत चिन्तामणी शर्माका अनुसार यहाँ दुई ओटा मतदानस्थलमा तीन ओटा केन्द्र रहेका छन् । कुल २ हजार ७२ जना मतदाता रहेको यो वडामा १ हजार १ सय ७८ पुरूष र ८ सय ९४ महिला मतदाता रहेका छन् ।
जनता आधारभुत विद्यालय, लालपुरको क केन्द्रमा ५ सय ८८ र ख केन्द्रमा ५ सय ८० तथा नेपाल आधारभुत विद्यालय, शितलापुरमा ९ सय ४ जना मतदाता रहेका छन् ।
इन्सेक बैतडी जिल्ला प्रतिनिधि नरी बडुका अनुसार उपनिर्वाचन हुने बैतडीका तीन ओटै वडामा शान्तिपुर्ण रूपमा मतदान सुरु भएको छ ।
मतदान बिहान ७ बजेदेखि सुरु भएकोे जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । दोगडाकेदार गाउँपालिका-४, सुर्नया गाउँपालिका-१ र पुर्चौडी नगरपालिका-४ मा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको हो ।



इन्सेक प्युठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार ऐरावती गाउँपालिका–१ र २ प्यूठान नपा–२ मा वडा अध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनका लागि तोकिएका आठ ओटा मतदनस्थल र १२ ओटा मतदान केन्द्रमा शान्ति पूर्ण रूपमा मतदान कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताउनुभयो ।
तीन ओटै वडामा ४ हजार ३ सय ५२ जना महिला र ३ हजार ९ सय ७४ जना पुरुष गरी कुल ८ हजार ३ सय २६ जना मतदाता रहेको पन्थले बताउनु भयो ।
इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार पोखरा महानगरपालिका-९ नयाँ बजारस्थित नवप्रभात आधारभुत विद्यालयको मतदानस्थल नजिकै विष्फोट भएकाले मतदान कार्य रोकिएको छ । त्यसैगरी पोखरा महानगरपालिका-३३ भरतपोखरीस्थित सरस्वती टीका उच्च मावि मतदानस्थल नजिकै विष्फोट भएको छ ।


इन्सेक सल्यान जिल्ला प्रतिनिधि मीना बुढाथोकीका अनुसार उपनिर्वाचन भइरहेको कुमाख गाउँपालिका-५ मा १ हजार ८ सय ३९ मतदाता रहेका छन् । क मतदान केन्द्रमा ९ सय ५२ र ख मतदान केन्द्रमा ८ सय ८७ मतदाता रहेका छन् । वडा अध्यक्षको लागि भइरहेको निर्वाचनमा नेकपाको तर्फबाट धर्म बुढाथोकी, नेपाली कांग्रेसको तर्फबाट खड्क बहादुर बोहरा र राप्रपाको तर्फबाट गोपाल शाह उम्मेदवार बन्नुभएको छ ।






रिक्त रहेका पदमा मङ्सिर १४ गते (आज) बिहान सात बजेबाट उपनिर्वाचन सुरू भएको छ । प्रतिनिधि सभा सदस्यतर्फ कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २, प्रदेश सभा सदस्यतर्फ भक्तपुर जिल्ला क्षेत्र नं. १ को क, बागलुङ क्षेत्र नं. २ को ख, दाङ जिल्ला क्षेत्र नं. ३ को ख मा उपनिर्वाचनका लागि मतदान सुरू भएको इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । मतदान बिहान सात बजेदेखि साँझ पाँचबजेसम्म हुनेछ ।
त्यसैगरी सुनसरी जिल्ला धरान उपमहानगरपालिकाको प्रमुख, सङ्खुवासभा जिल्ला मकालु गाउँपालिकाको अध्यक्ष, पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष, महोत्तरी जिल्ला पिपरा गाउँपालिकाको अध्यक्ष र हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष र विभिन्न गाउँपालिका तथा नगरपालिकाको वडाध्यक्ष–४३ समेत गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचनका लागि मतदान सुरू भएको हो ।
उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २ सय ४७ मतदानस्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन् ।
जसमध्ये प्रतिनिधि सभातर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्फ ७८ मतदान स्थल र १ सय ७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थल र २ सय ८१ मतदान केन्द्र तोकिएको छ ।
८ सय वा सोभन्दा बढी मतदाता भएका केन्द्र ३ सय ३७ छन् भने ८ सय भन्दा कम मतदाता रहेका केन्द्र २ सय छन् ।
यो उपनिर्वाचनमा ३७ जिल्लाका महिला २ लाख ३३ हजार ४ सय २, पुरुष २ लाख २० हजार ७ सय १० र अन्य २ जना गरी जम्मा ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मताधिकारको प्रयोग गर्न सक्नेछन् ।
प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ७१ हजार ८ सय ७१ जना, प्रदेश सभा सदस्यको निर्वाचन हुने भक्तपुर, बागलुङ र दाङका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५ हजार १५ जना, ३५ हजार १ सय ८४ जना र ६८ हजार ७ सय १९ जना गरी २ लाख २० हजार ७ सय ८९ मतदाता कायम भएका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन, २०७४ पश्चात् उपनिर्वाचन हुने क्षेत्रमा १६ हजार २ सय १९ जना मतदाता थप भएका छन् ।
यस उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यतर्फ ११ ओटा, प्रदेश सभा सदस्यतर्फ १५ ओटा र स्थानीय तहका सदस्यको लागि २० ओटा राजनीतिक दल सहभागी भएका छन् ।
उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने जम्मा ३ सय ३३ जना उम्मेदवारमध्ये राजनीतिक दलतर्फ २ सय ५३ र स्वतन्त्र उम्मेदवार ८४ जना रहेकोमा २ सय ५३ पुरुष र ८४ जना महिला उम्मेदवार छन् ।
प्रतिनिधि सभातर्फ राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी २१, प्रदेश सभा सदस्यतर्फ राजनीतिक दलका २९ र स्वतन्त्र १४ गरी ४३ र स्थानीय तहका सदस्यतर्फ राजनीतिक दलका २ सय १३ र स्वतन्त्र ६० गरी जम्मा २ सय ७३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
इन्सेकका जिल्ला प्रतिनिधिहरूले पठाउनुभएका निर्वाचनसँग सम्बन्धित फोटोहरूः
सर्लाहीबाट बुधन साह



भक्तपुरबाट रमेश गिरी
![eQmk'/, !) dªl;/ -/f;;_ M eQmk'/ If]q g+= ! k|b]z -s_ df k|b]z;ef ;b:osf nflu cfh ;DkGg pklgjf{rgsf] dtbfg s]Gb|df dtk]l6sf d'r'Nsf ul/ dtu0fgf:yndf n}hfb} . tl:j/ M /d]z lu/L, eQmk'/ .](https://inseconline.org/np/wp-content/uploads/2019/11/photo20191130bhaktapur-1-1.jpg)
![eQmk'/, !) dªl;/ -/f;;_ M eQmk'/ If]q g+= ! k|b]z -s_ df k|b]z;ef ;b:osf nflu cfh ;DkGg pklgjf{rgsf] dtbfg s]Gb|df dtk]l6sf d'r'Nsf ul/ dtu0fgf:yndf n}hfb} . tl:j/ M /d]z lu/L, eQmk'/ .](https://inseconline.org/np/wp-content/uploads/2019/11/photo20191130bhaktapur-2-1.jpg)
![eQmk'/, !) dªl;/ -/f;;_ M eQmk'/ If]q g+= ! k|b]z -s_ df k|b]z;ef ;b:osf nflu cfh ;DkGg pklgjf{rgsf] dtbfg s]Gb|df dtk]l6sf d'r'Nsf ul/ dtu0fgf:yndf n}hfb} . tl:j/ M /d]z lu/L, eQmk'/ .](https://inseconline.org/np/wp-content/uploads/2019/11/photo20191130bhaktapur-3-1.jpg)
![eQmk'/, !) dªl;/ -/f;;_ M eQmk'/ If]q g+= ! k|b]z -s_ df k|b]z;ef ;b:osf nflu cfh ;DkGg pklgjf{rgsf] dtbfg s]Gb|df dtk]l6sf d'r'Nsf ul/ dtu0fgf:yndf n}hfb} . tl:j/ M /d]z lu/L, eQmk'/ .](https://inseconline.org/np/wp-content/uploads/2019/11/photo20191130bhaktapur-4-1.jpg)
![eQmk'/, !) dªl;/ -/f;;_ M eQmk'/ If]q g+= ! k|b]z -s_ df k|b]z;ef ;b:osf nflu cfh ;DkGg pklgjf{rgsf] dtbfg s]Gb|df dtk]l6sf d'r'Nsf ul/ dtu0fgf:yndf n}hfb} . tl:j/ M /d]z lu/L, eQmk'/ .](https://inseconline.org/np/wp-content/uploads/2019/11/photo20191130bhaktapur-5-1.jpg)










महोत्तरीबाट अजयकुमार साह








पर्साबाट कृष्णचन्द्र लामिछाने






हुम्लाबाट नन्द सिंह




सर्लाहीबाट बुधन साह





दाङबाट जयनारायण पुन



पाँचथरबाट मङ्गल बेघा


बाराबाट भोलानानथ पौडेल



सुनसरीबाट जयकृष्ण यादव







रौतहटबाट कोपिला तिमल्सिना


