INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपा निकट पत्रकार गुरुङ गिरफ्तार

पोखरा महानगरपालिका–१० रामबजार बस्ने आश तमु (गुरुङ) लाई प्रहरीले मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।

राजनीति डटकमका सहसम्पादक समेत रहेका गुरुङलाई दिउँसो १२ बजेको समयमा घरैबाट गिरफ्तार गरको प्रहरीले जनाएको छ ।

गुरुङ प्रतिबन्धित नेकपाको भातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) को पूर्व केन्द्रीय सदस्य समेत रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी राजकुमार केसीले गुरुङलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको जानकारी दिनुभयो । गिरफ्तार गरिएका गुरुङलाई वडा प्रहरी कार्यलय रामबजारमा राखिएको छ ।

अन्य

भिडियो