INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान विविध कार्यक्रम गर्दै सुरू

‘समानताको पुस्ताः बलात्कार विरूद्धको ऐक्यवद्धता भन्ने मुल नाराका मङ्सिर ९ गते देशव्यापी रूपमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो दिवस मनाउने गरिएको छ ।

Violence Against Women 16 Days campaign

इन्सेक झापा जिल्ला प्रतिनिधि नरेश खातीका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) झापा र मानव अधिकार समूह अर्जुनधाराको संयुक्त आयोजनामा झापामा हस्ताक्षर अभियान चलाइएको छ ।

हस्ताक्षर अभियान कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला आचार्यले हिंसा न्यूनीकरणको पहिलो आधार नै जनचेतना भएको बताउनुभयो ।

उहाँले प्रत्येक वडामा महिला हिंसा विरूद्धको समिति बनाएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उपप्रमुख आचार्यले हिंसा विभिन्न प्रकारले हुने भएको बताउँदै सबै किसिमका हिंसाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

उहाँले श्रमिक महिला पुरूषलाई असमान ज्याला दिनु पनि हिंसाको एउटा पाटो भएकाले यस्ता किसिमका समस्या समाधानका लागि हस्ताक्षर अभियान सहायक हुने बताउनुभयो ।

लैङ्गिक हिंसा र दुर्व्यवहारः छैन हामीलाई स्वीकार, महिला विरूद्घ हुने सम्पूर्ण हिंसा अन्त्य गर, नारी अस्मिताको रक्षा गर, समान सहभागिताको सुनिश्चिता आजको आवश्यकता भन्ने नारा उल्लेखित प्लेकार्ड सहित नगर परिक्रमा गर्दै हस्ताक्षर अभियान थालिएको इन्सेक झापाले जनाएको छ ।

हस्ताक्षर कार्यक्रम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानभर जारी रहने पनि इन्सेक झापाले जनाएको छ ।

photo20191125jhapa (1)

photo20191125jhapa (1)

photo20191125jhapa (2)

photo20191125jhapa (3)इन्सेक रुकुम पश्चिम जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार मुसिकोट खलङ्गामा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको एक औपचारिक कार्यक्रमका बीच सुरूआत गरिएको छ ।

जिल्लास्थित विभिन्न सङ्घसंस्थाहरूको सहयोगमा मुसिकोट नगरपालिकाले र्‍याली तथा मञ्चको कार्यक्रम गरी अभियानको सुरू गरेको हो ।

जिल्ला सदरमुकाम मुसिकोट खलङ्गास्थित शहीद मैदानबाट सुरू भएको र्‍याली बालमन्दिर, कालिकास्थान, त्रिवेणीचोक, पुष्पलालचोक हुँदै पुनः शहीद मैदानमा आएर सभामा परिणत भएको थियो ।

लैङ्गिक हिंसाविरूद्धका विभिन्न नारासहितको र्‍यालीमा सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, विभिन्न महिला सङ्घसङ्गठनका प्रतिनिधि, पत्रकार, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले लैङ्गिक हिंसा न्यूनिकरणका लागि नगरपालिकाले नीति कार्यक्रमका साथै आवश्यक बजेको समेत व्यवस्था गर्ने बताउनुभयो ।

मुसिकोट नगरपालिकालाई हिंसामुक्त बनाउने अभियानमा सबैले सहकार्य गरेर अगाढि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख प्रेमकुमारी सुनार केसीले यस्ता कार्यक्रमले हिंसा न्यूनिकरणमा टेवा पुग्ने बताउनुभयो ।

मन्तव्य राख्ने अन्य सरोकारवालाहरुले पनि हिंसा न्यूनिकरणका लागि १६ दिन मात्र नभएर वर्षभरी नै सचेत भएर लाग्नुपर्ने बताएका थिए ।

कुनैपनि खाले हिंसा गर्नेलाई कानुनी दायरामा ल्याएपछि मात्र यस्ता घटनामा कमी आउने भन्दै सहभागीहरुले त्यसका लागि राज्यले बलियो भएर लाग्नुपर्ने र दण्डहिनताको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।

यसैबीच कार्यक्रममा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानमा केन्द्रित रहेर १२ जना विद्यार्थीले आफ्नो वक्तृत्वकला प्रदर्शन गरेका थिए । त्यस्तै दुई जना सहभागीले यस विषयमा लोकगीत प्रस्तुत गरेका थिए । वक्तृत्वकला र लोकगीत प्रस्तुत गर्ने सबैजनालाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

यो अभियान १६ दिनसम्म मुसिकोट नगरपालिकाका १४ ओटै वडामा सञ्चालन गरिने र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूलाई समेत सहभागी गराएर गाउँसम्म यसको सन्देश फैलाउने मुसिकोट नगरपालिकाका उपप्रमुख केसीले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि इन्सेक, हरप्लेस, ओरेक, रेडक्रस, नेपाल बार एसोशियसन, रुकुमेली समाज विकास केन्द्र, नेपाल जनजागरण मञ्च, अन्तरपार्टी महिला सञ्जाल र रेडियो सानीभेरी एफएमले आर्थिक एवम् भौतिक सहयोग गरेका थिए ।

photo20191125westrukum1

photo20191125westrukum2

photo20191125westrukum3

इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार इन्सेक, महिला मानव अधिकार रक्षक सञ्जाल, एकल महिला समूह, समग्र जनउत्थान केन्द्र, सप्तरी जिल्ला बार एकाई, सहयोगी समाजसहित विभिन्न सक्रिय संस्था सम्मिलित मूल समारोह समितिले सप्तरीमा मङ्सिर ९ गतेबाट लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान थालिएको छ ।

२५ नोभेम्बरदेखि सुरू भएको कार्यक्रम १० डिसेम्बरसम्म विशेष दिनका रुपमा विभिन्न कार्यक्रम गरी जिल्लाका विभिन्न स्थानमा १६ दिनसम्म मनाइने मूल समारोह समितिका सदस्य अधिवक्ता मीना देवले जानकारी दिनु भयो ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रको तत्कालिन त्रुजिलो तानाशाही सरकारको विरोधमा उत्रिएका मिरावेल परिवारका तीन दिदी बहिनी पेटिया, मिनर्भा र मारियालाई निर्मम तरिकाले गरेको हत्यालाई महिलामाथि हुने राजनीतिक हिंसा वा महिला माथि हुने हिंसाको रूपमा लिएर उनीहरूको सम्झनामा विश्वभरी २८ वर्षदेखि विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाइँदै आइएको छ ।

नेपालमा भने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०५४ देखि मनाउन थालिएको हो ।

photo20191126saptari (1)

photo20191126saptari (2)

photo20191126saptari (3)

photo20191126saptari (4)

photo20191126saptari (5)

photo20191126saptari (6)

इन्सेक नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान नुवाकोटमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

अभियान सुरू भएको दोस्रो दिन मङ्सिर १० गते र्‍याली तथा कोणसभा गरिएको छ भने मङ्सिर ९ गते सदरमुकाम विदुरमा मैनबत्ती प्रज्ज्वलन गरिएको थियो ।

जिल्ला समन्वय समिति, विदुर नगरपालिका, इन्सेक, जिल्ला मानव अधिकार सञ्जाल, जिल्ला प्रहरी कार्यालय, महिला मानव अधिकार सञ्जाललगायत संस्थाको आयोजनामा मङ्सिर १० गते भएको र्‍यालीमा सहभागीहरूले हिंसाविरूद्धका विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

बट्टार बजारबाट सुरू भएको र्‍याली विदुरमा आएर कोणसभा गरी सम्पन्न गरिएको थियो । सभामा जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापाले अझै पनि लैङ्गिक हिंसामा महिलाहरू बढी पीडित भएको बताउनुभयो ।

उहाँले महिलाहरूलाई हिंसाबाट जोगाउनको लागि सामाजिक रूपमा सचेतनाको खाँचो रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले पहिलेको तुलनामा महिलाहरू अधिकारसम्पन्न भए पनि अझै दुर दराजका महिलाहरूमाथि हुने हिंसामा कमी आउन नसकेको बताउनुभयो ।

१६ दिने अभियानको क्रममा मानव बेचबिखनका घटनाहरू धेरै हुने भनिएको दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, अन्तिम दिन विदुरमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने लगायतका कार्यक्रमहरू राखिएको छ ।

photo20191126nuwakot1

photo20191126nuwakot2

photo20191126nuwakot3

photo20191126nuwakot4
इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार मङ्सिर ९ गते सिरहामा विभिन्न कार्यक्रम सहित लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार संरक्षण केन्द्र (सञ्जाल), ओरेक नेपाल, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र, महिला मानव अधिकार रक्षक सञ्जाल लगायतका सङ्घ संस्थाको आयोजना तथा सिरहा नपा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सिरहाको समन्वयमा सिरहा सदरमुकाममा र्‍याली तथा अन्तरक्रिया सहित कार्यक्रमको शुभारम्भ गरिएको हो ।

र्‍यालीपछि सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले, बढ्दो महिला हिंसालाई न्यून गर्दै महिलामाथिको हिंसामा शुन्य सहनशिलताको अभिप्रायका साथ काम गर्नुपर्ने बताउनुभयो ।

बदलिएको परिवेशमा कानुनी प्रावधानहरू कडा भएको र कानुनी निकायहरू पनि जिम्मेवार बनेको प्रजिअ अधिकारीले बताउनु भयो ।

त्यसैगरी सिरहा नपाका प्रमुख अशेश्वरप्रसाद यादवले व्यक्तिगत खर्चको असन्तुलनताका कारणले हिंसाजन्य घटनामा वृद्धि हुने गरेको बताउनु भयो ।

महिलामाथि हुने हिंसाका विभिन्न कारणमध्ये लागुऔषध पनि प्रमुख कारणको रूपमा आएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चर्तुवेदीले बताउनु भयो ।

photo20191126siraha (1)

photo20191126siraha (2)

photo20191126siraha (3)

photo20191126siraha (4)

photo20191126siraha (5)

photo20191126siraha (6)

photo20191126siraha (7)

अन्य

भिडियो