छिन्नमस्ता गाउँपालिका–७ को वडा अध्यक्ष पदका उम्मेदवार प्रमिलादेवी यादवले थालेको माइकिङ् मङ्सिर ७ गते पनि जारी राख्नु भएको छ ।
चुनाव चिन्ह र उम्मेदवारको पक्षमा मत माग्दै आचारसंहिता विपरीत साउण्ड बक्स राखिएको साइकलमा माइकिङ् भइरहेको छ ।
भारतको विहार राज्यको अरहरिया जिल्लाका ४६ वर्षीय बेचन रायले राजपा नेपालका उम्मेदवार यादव र चुनाव चिन्ह छाताको पक्षमा गीत गाउँदै माइकिङ् गरेर वडा नम्बर ७ हाटीको बजार, गाउँ, टोलमा मत माग्दै प्रचारप्रसार गरिरहनु भएको छ । रायले मङ्सिर ७ गतेदेखि नै माइकिङ् गरेर प्रचारप्रसार गरिरहेको बताउनुभयो ।
निर्वाचन आचारसंहिता ०७२ को परिच्छेद २ अन्तर्गत दफा ५ को (क) (१२) अनुसार आमसभा गरेको स्थल र समयमा बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न नहुने उल्लेख छ ।
