१५ वर्षीया बालिकाको बलात्कार आरोपित नरहा गाउँपालिका–३ का ३२ वर्षीय जङ्गली भनिने जयकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मङ्सिर ३ गते मुल्तवीमा राख्ने फैसला गरेको छ ।
न्यायाधीश नारायण पौडेलको इजलासले मुद्दा मुल्तवीमा राख्ने फैसला गरेको सरकारी वकिल एकराज अधिकारीले बताउनुभयो ।
बलात्कार घटनाका आरोपित हालसम्म फरार रहेकाले सो मुद्दा मुल्तवीमा राख्ने फैसला भएको सरकारी वकिल अधिकारीले बताउनुभयो ।
पीडित बालिकालाई आरोपितले ०७४ असोज ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा असोज ८ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज ८ गते गरिएको थियो ।