नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका विद्यार्थी सगठन अखिल क्रान्तिकारीका लमजुङ अध्यक्ष तनहुँ व्यास नगरपालिका–६ सिसाघाट २६ वर्षीय सुनिल कुमाललाई प्रहरीले मङ्सिर २ गिरफ्तार गरेको छ ।
मङ्सिर १ गते गिरफ्तार गरिएका जनपत्रकार सङ्गठनमा आबद्ध पत्रकार राजकुमार घिमिरेलाई भेट्न प्रहरी कार्यलय बैदाम पुगेका कुमाललाई प्रहरीले गिरफ्तार गरेको हो ।
प्रहरी कार्यलय बैदामका डिएसपी कोमल शाहले कुमालको गिरफ्तारी पछि थप अनुसन्धान भइरहेको बताए ।