४३ वर्षीया महिलालाई बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडित पक्षले बागलुङ नगरपालिका–१३ का ४० वर्षीय लिला बिकविरूद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा कात्तिक २९ गते उजुरी दिएको छ ।
पीडित महिलालाई आठ महिनादेखि मार्ने धम्की दिएर पटकपटक बलात्कार गरी गर्भवती बनाएर अलपत्र पारेको भन्दै प्रहरीमा उजुरी आएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी सूचना अधिकृत झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।
पीडित महिलालाई धौलागिरि अञ्चल अस्पतालमा राखेर उपचार थालिएको र आरोपीत बिकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।