INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

दुई वर्षको छोरा सहित २२ वर्षीया महिलालाई बेचबिखन गरेको आरोपमा प्रहरीले भेरीगङ्गा नपा–९ का १८ वर्षीय दिनेश खड्कालाई कात्तिक २७ गते गिरफ्तार गरेको छ ।

सल्यानकी महिलालाई दुई वर्षीय छोरा सहित भारतमा लगेर बेचेको आरोपमा पीडितका पतिले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालय, सल्यानमा उजुरी दिएका थिए ।

पति वैदेशिक रोजगारीमा रहेको समयमा गत असार २५ गतेदेखि पीडित बेपत्ता भएकोमा पति फर्किएपछि आरोपितविरूद्ध उजुरी दिएको र उजुरीका आधारमा आरोपितलाई घरबाटै गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडितको अवस्था हाल अज्ञात रहेकोमा खोजी गरिरहेको र घटनाकी अर्की आरोपित जाजरकोटकै ३० वर्षीया रमिता बस्नेत फरार रहेकोमा उनको पनि खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

अन्य

भिडियो