आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बौदिकाली गाउँपालिका–५ मा रिक्त रहेको अध्यक्ष पदको लागि कात्तिक २७ गते मनोनयन दर्ता भएको छ ।
वडा अध्यक्षका लागि हुने उपनिर्वाचनमा सत्तारुढ दल नेकपाको तर्फबाट खिमबहादुर थापा खरु मगर, नेपाली कांग्रेसका तर्फबाट तुलबहादुर राना मगर र समाजवादी पार्टीको तर्फबाट पितमबहादुर राना मगरले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जनाएका छन् ।
बौदिकाली गाउँपालिका–५ का वडाअध्यक्ष दलबहादुर थापा खरु मगरको हृदयघातका कारण निधन भएपछि रिक्त स्थानमा निर्वाचन हुन लागेको हो ।