INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद तथा घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

सरुमारानी गाउँपालिका–५ की २४ वर्षीया सुशीला कामीलाई जातीय विभेद गरी घर निकाल गरेको आरोपमा प्रहरीले २६ वर्षीय चित्रबहादुुर खाम्चालाई कात्तिक २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपित खाम्चा, सासू  र ससुराले ‘तँ कमिनी तल्लो जातकी हाम्रो सम्पति देखेर हाम्रो घरमा पस्न आएकी’ जस्ता गाली तथा दुव्र्यवहार गरेको भन्दै घरमा बस्न नदिएको र अहिले माइती घरमा बस्दै आएको पीडितको भनाई छ ।

पीडित महिलाले न्यायका लागि कात्तिक २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताए ।
उनका अनुसार पतिपत्नी बिच प्रेम सम्बन्ध रही ०६९ सालमा विवाह भएको र एक सन्तान पनि रहेका छन् ।

घरमा बारम्बारको मानसिक तथा शारीरिक यातनाका कारण बस्न नसकी कात्तिक १० गते घरबाट निस्किएको पीडितले बताएकी छन् ।

अन्य

भिडियो