INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका १६ जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्तालाई प्रहरीले कात्तिक २२ गते गिरफ्तार गरेको छ ।

गौमुल गाउँपालिकामा चन्दा सङ्कलन सङ्गठन विस्तार गरिरहेको सूचनाका आधारमा कात्तिक २२ गते इलाका प्रहरी चौकी घटमुनाबाट खटिएको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी उद्धबसिंह भाटले बताए ।

गौमुल गाउँपालिका–३ माझपालीबाट कात्तिक २२ गते दिउँसो रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–३ जिनावाङ घर भएका सो पार्टीका केन्द्रीय सदस्य चुडामणी ओलीसहित १६ जनालाई रहेको डिएसपी भाटले जानकारी दिए ।

त्रिवेणी नगरपालिका–२ छताराका ३५ वर्षीय डम्म सुनार, अछाम जिल्लाको ढकारी गाउँपालिका–२ का २४ वर्षीय नरेश शाही, कैलाली घोडाघोडी नगरपालिका–१ का २८ वर्षीय दिपक प्रकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी भाटले बताए । यस्तै बाजुराको हिमाली गाउँपालिका–१ बस्ने २२ वर्षीय अमलाल थापा, सोही ठाउँका २२ वर्षीय धर्मबहादुर थापा, अछाम बिनायक नगरपालिका–८ का २२ वर्षीय उदय कसेरा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै गिरफ्तार पर्नेमा अछामको.ढकारी गाउँपालिका–२ बस्ने २६ वर्षीय राजेशकुमार शाही, सोही गाउँपालिका–७ का २१ वर्षीय डबलबहादुर नेपाली, तुर्माखाँद गाउँपालिका–८ बस्ने १९ वर्षीय कृष्ण बि.क रहेका छन् ।

हिमाली गाउँपालिका–१ का २६ वर्षीय धरम सिंह बोहरा,.स्वामीकार्तिक गाउँपालिका–१ बस्ने १९ वर्षीया कुस्मा बिक, सोही गाउँपालिका–१ का १९ वर्षीया अस्मिता बिक, सोही ठाउँकी १९ वर्षीया सुस्मिता बिकलाई प्रहरीले गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले अछाम ढकारी गाउँपालिका–२ की १९ वर्षीया कमला बिक र अछाम मष्टा गाउँपालिका–१ बस्ने १९ की सृष्टी सिंह रहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो