INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका लहान नपा–१५ घर भई हाल गोलबजार नपा–११ बस्ने ४५ वर्षीय हिरन सदायविरूद्ध पीडित पक्षले दिएको उजुरी इलाका प्रहरी कार्यालय गोलबजारले कात्तिक २० गते दर्ता गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक १८ गते राति बलात्कारको प्रयास गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय गोलबजारमा कात्तिक १९ गते उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरी दर्ता गरी घटनाको अनुसन्धान सुरू गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर जनक पुरीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा कात्तिक १९ गते गरिएको उनले जानकारी दिए । घटनाका आरोपित फरार रहेकाले खोजतलास गरिरहेको इन्स्पेक्टर पुरीले बताए ।

अन्य

भिडियो