२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नपा–९ का ३० वर्षीय नगु रायलाई कात्तिक २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक १८ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
उक्त उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरेको डिएसपी वीरेन्द्र थापाले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक १९ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।