INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुम्बेवा गाउँपालिका–१ का २६ वर्षीय राजेन्द्र देवानलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर अनिल पौडेलले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालका कात्तिक १८ गते गरिएको छ ।

अन्य

भिडियो