INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नपा–१३ ठूलोसिरुवारीका २१ वर्षीय विशाल केसीलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक १७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको उक्त कार्यालयका डिएसपी माधव काफ्लेले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १८ गते चौतारा अस्पतालमा गरिएको डिएसपी काफ्लेले बताए ।

अन्य

भिडियो