२२ वर्षीया महिलालाइ बलात्कार गरेको आरोपमा प्रहरीले बनगाड कुपिण्डे नगरपालिका–३ धारापोखरा निवासी ४० वर्षीय तुल्सीबहादुर रानालाई कात्तिक १६ गते गिरफ्तार गरेको छ ।
पीडितले कात्तिक १६ गते दिएको मौखिक उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर उमाकान्त जोशीले बताए ।
पीडित महिलालाई आरोपितले पटकपटक बलात्कार गरेको र अन्तिम पटक कात्तिक ७ गरे बलात्कार गरेको बताइन् ।
बलात्कारपछि घटनाबारे कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएको समेत पीडित महिलाले बताएकी छन् ।
जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन दिन आएकी पीडित र उनका आफन्तलाई इन्सेक र रेस नेपालको सहयोगमा जिल्लामा रहेको सुरक्षित आवासगृहमा बस्ने वातावरण मिलाइएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १६ गते जिल्ला अस्पताल सल्यानमा गरिएको छ । इन्सेकले कानुनी परामर्शका साथै लिखित उजुरीमा समेत पीडितलाइ सहयोग गरेको छ । पीडितपक्षले कात्तिक १७ गते जिल्ला प्रहरीमा उजुरी दर्ता गरेका छन् ।