७० वर्षीया महिलालाई कात्तिक १३ गते बिहान बलात्कार गरेको आरोपमा प्रहरीले कमलबजार नगरपालिका–७ सेरा निवासी २२ वर्षीय नरेन्द्र दमाईलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १५ गते दिएको उजुरीका आधारमा आरोपितलाई घरबाटै गिरफ्तार गरी घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल मङ्गलसेनमा कात्तिक १५ गते गरिएको छ ।