INSEC Online

📅 २०८३ जेष्ठ २२

चिरपट प्रहार गरी पत्नीलाई घाइते बनाएको आरोपमा पति गिरफ्तार

म्याङलुङ नगरपालिका–९ की ४३ वर्षीया दिलकुमारी लिम्बूलाई चिरपट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ६० वर्षीय पति दलबहादुर लिम्बूलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले कात्तिक १४ गते चिरपट प्रहार गरी घाइते बनाएको आरोपमा पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी नविनकिशोर प्रधानले बताए ।

घाइते महिलाको उपचार जिल्ला अस्पतालमा भइरहेको छिमेकी डम्बरबहादुर लिम्बूले बताए ।

अन्य

भिडियो