म्याङलुङ नगरपालिका–९ की ४२ वर्षीया कुमारी बिकलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ५० वर्षीय पति रमेश रसाईलीलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ ।
आरोपितले विवादका क्रममा पत्नीलाई खुकुरी प्रहार गरी घाइते बनाएको र छुट्याउन पुगेका आफन्त मेन्छयाम गाँउपालिका–६ का ५९ वर्षीय डम्बरबहादुर सुनारलाई आक्रमण गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएपछि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकिशोर प्रधानले बताए ।
खुकुरी प्रहारबाट घाइते भएकी महिलाको उपचार जिल्ला अस्पतालमा कात्तिक १२ गते गरिएको छ । अर्का घाइतेलाई थप उपचारका लागि विराटनगर रिफर गरेको जिल्ला अस्पतालले जनाएको छ ।