INSEC Online

📅 २०८३ जेष्ठ २३

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका–२ का २४ वर्षीय इन्द्रहाङ राईलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ ।

महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले उनलाई कात्तिक १२ गते बिहान ६ बजे गोकणेश्वर नगरपालिका–६ बाट गिरफ्तार गरेको हो ।

देउसी खेल्न भन्दै गएकी युवतीलाई राईले बलात्कार गरेको भन्दै पीडित युवतीले महानगरीय प्रहरी वृत्त बौद्धमा कात्तिक १२ गते बिहान ४ बजे उजुरी गरेकी थिइन् ।

पीडित युवतीले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी रमेशबहादुर सिंहले जानकारी दिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक १२ गते थापाथलीस्थित प्रसूति गृहमा गरिएको छ । रिपोर्ट भने आउन बाँकी रहेको सिंहले बताए ।

अन्य

भिडियो