अग्नीसाईर कृष्णसरवण गाउँपालिका–८ की ३२ वर्षीया शकुन्तलीदेवी सरदारलाई कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको भन्दै सप्तरी प्रहरीले सोही ठाउँका ३६ वर्षीय बेचन सरदार, २९ वर्षीया मानकीदेवी सरदार, ७० वर्षीय डम्बर सरदारलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ ।
आरोपितहरूले असोज १९ गते कथित बोक्सीको आरोपमा गालीगलौज, कुटपिट गर्दै अमानवीय व्यवहार गरेको भन्दै पीडितले भिडिओसहित इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिएकी थिइन् ।
राजनीतिक दलका स्थानीय नेताहरूले उजुरी दर्ता नगर्न दबाब दिए पनि आफैले भिडिओ हेरे पछि असोज ३० गते उजुरी दर्ता गरेको इन्स्पेक्टर मकेन्द्रकुमार मिश्रले बताए ।
आरोपितहरूमध्ये तीन जना गिरफ्तार भएपनि ६५ वर्षीया बिन्दादेवी सरदार हालसम्म गिरफ्तार नभएको इन्स्पेक्टर मिश्रले बताए ।