INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

पुर्ण अपाङ्गता भएकी ४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमाद नपा–९ पाइमीका १८ वर्षीय शङ्कर परियारलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक ८ गते दिउँसो पीडितको घरमा बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएको थियो ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले आरोपितलाई घरैबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालयका भिमादका इञ्चार्ज सई भेषराज रेग्मीले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ८ गते जिल्ला अस्पताल दमौलीमा गरिएको रेग्मीले जानकारी दिए ।

अन्य

भिडियो