INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा गाडीमा आगजनी

बेनी नपा–३, भकिम्लीको डोलेमा बा १३ च ८४३४ नम्बरको गाडीमा अज्ञात पक्षले कात्तिक ७ गते राति आगजनी गरेको छ ।
डोलेमा रहेको टावर मर्मतका लागि एनसेलले लगेको सोे गाडीमा रातको समयमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका इन्स्पेक्टर ध्रुव शर्माले जानकारी दिए ।
आगजनीपछि पुर्ण रूपमा क्षतिग्रस्त भएको इन्स्पेक्टर शर्माले बताए । गाडीमा आगजनी गर्ने पक्षको खोजी भइरहेको उनको भनाई छ ।

Photo20191025Myagdi01

Photo20191025Myagdi02

अन्य

भिडियो