INSEC Online

📅 २०८३ जेष्ठ २१

पीडितलाई चाँडो न्याय दिन द्वन्द्वपीडित साझा चौतारीको माग

द्वन्द्वपीडित साझा चौतारीले विगतको द्वन्द्वका पीडितहरुलाई चाँडो भन्दा चाँडो न्याय दिन माग गरेको छ ।

चौतारीका अध्यक्ष भागीराम चौधरी र महासचिव जनक राउतद्वारा कात्तिक ६ गते संयुक्त रुपमा जारी गरेको वक्तव्यमा सो कुरा उल्लेख छ ।

वक्तव्यमा द्वन्द्वकालमा भएका अक्ष्यम्य गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाको निष्पक्ष छानवीन गरी पीडितको पीडामा मल्हम लगाउन र न्याय दिलाउनका लागि माग गरिएको छ । गम्भीर मानव अधिकार उल्लङ्घनका कारण ती द्वन्द्वपीडित नागरिकहरुका पीडा त्यसै पिल्सिरहेका उनीहरूको भनाई छ ।

‘पीडामा पिल्सिरहेका आफ३ना नागरिकहरुको पीडाको सुनुवाई गर्नका लागि इमान्दार हुनु र उक्त पीडाहरुमा मलम लगाउनका लागि तत्काल विश्वसनीय र ठोस कदम चाल्नु सरकारको उत्तरदायित्व भएकोले राजनैतिक स्वाथको चपेटामा परेको सङ्क्रमणकालीन न्यायमाथि थप उदासिनता नदेखाउन र तत्काल पीडित समुदायको भावना र सर्वोच्च अदालतको फैसला बमोजिम पक्रिया अगाडि बढाउन जोडदार माग गर्दछ ।’-विज्ञप्तिमा भनिएको छ ।

अन्य

भिडियो