INSEC Online

📅 २०८३ जेष्ठ २१

मानसिक स्वास्थ्यको समस्या समाधानमा साझा प्रयास आवश्यकः अध्यक्ष शर्मा

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले मानसिक स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवाला सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका छन् ।

photo20161120ktm-3

आयोग, मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको कोशिसलगायतका संस्थाले मङ्सिर ५ गतेदेखि ललितपुरमा आयोजना गरेको मानसिक स्वास्थ्य र मानव अधिकार विषयक पाँचदिने प्रशिक्षक प्रशिक्षण तालिममा अध्यक्ष शर्माले सो कुरा बताएका हुन् ।

उनले भने-‘द्वन्द्वको चपेटाबाट उठ्न नपाउँदै विनाशकारी भूकम्प गएकाले मानसिक स्वास्थ्यको समस्या बढेको छ । यस्तो बेलामा राज्य एक्लैको मुख ताक्नु भन्दा पनि सबैको साझा प्रयासको आवश्यकता छ ।’

photo20161120ktm-1

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि भोगेन्द्रराज डोटेलले विगतका दिनको तुलनामा मानसिक स्वास्थ्यको क्षेत्रमा सरकारले केही काम थालेको बताए । उनले भने-‘हामीले थालेको काम पर्याप्त छैन । तर, सुरुवात चाँही गरिएको छ ।’

photo20161120ktm-4

पाँचदिनसम्म सञ्चालन गरिने तालिममा मानसिक स्वास्थ्यलाई मानव अधिकारको विषयसँग जोडेर पैरवी गर्नसक्ने सीपमा जोड दिइने कोशिसका अध्यक्ष मातृका देवकेटाले जानकारी दिए । कार्यक्रममा यूएनडिपीकी एक्टिङ कन्ट्री डाइरेक्टर साेफी केमखाड्जे (Sophie Kemkhadze) ले मानिसक स्वास्थ्यलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

अन्य

भिडियो