INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–५ बस्दै आएका १९ वर्षीय मिलन राईलाई असोज २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई प्रलोभनमा पारी भदौ १८ गते बलात्कार गरेको र भदौ २२ गते धरान–१४ मा रहेको बुढासुब्बा मन्दिरमा बालिकालाई अलपत्र छाडी फरार रहेका आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानले बताए ।

पीडित बालिकालाई स्थानीयले सोधपुछ गर्दा घटना थाहा भएको र खोटाङ जिल्ला स्थायी घर भई धरान उमनपा–५ मा बस्दै आएका आरोपितलाई गिरफ्तार गरिएको डिएसपी न्यौपानको भनाई छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा असोज २९ गते गरिएको छ ।

अन्य

भिडियो