२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा डाकनेश्वरी नपा–८ का ३० वर्षीय सुन्दर मुखियाविरुद्ध जिल्ला प्रहरी कार्यालयले असोज २९ गते उजुरी दर्ता गरेको छ ।
पीडित महिलाका पति असोज ३ गते माछा मार्न निक्लिएका बेला आरोपित कोठाभित्र प्रवेश गरी बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा असोज ६ गते उजुरी दिएकी थिइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्वास्थ्य परीक्षण र अन्य अनुसन्धानपछि पीडितले दिएको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आरोपित फरार छन् ।