INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

सात र नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापा जिल्ला मेचिनगर नपा–३ तेलपानी घर भई धनुषा जिल्लास्थित ढल्केवर एकेडेमी इङ्लिस बोर्डिङ स्कुलमा अध्यापन गर्दै आएका ४३ वर्षीय शिक्षक टेकेन्द्र दहालविरुद्ध असोज २९ गते बिहान इलाका प्रहरी कार्यलय ढल्केबरमा उजुरी परेको छ ।

पीडित बालिकाद्वयलाई आरोपित दाहालले पटक पटक बलात्कार गरेको र पछिल्लो पटक असोज २७ गते बालत्कार गरेको आरोपमा पीडित पक्षले उजुरी दिएको हो ।

कक्षामा रोल नम्बर बढाइदिने प्रलोभन देखाएर आरोपित शिक्षक दहालले पटकपटक बलात्कार गर्ने गरेको र असोज २७ गते बालिका घर फर्कँदै गर्दा अत्याधिक रक्तश्राव भएको परिवारले थाहा पाएपछि घटना सार्वजनिक भएको हो ।

आरोपित शिक्षक दाहाललाई असोज २८ गते गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर रामकुमार यादवले बताए । पीडित बालिकाद्वयको असोज २९ गते जनकपुर अञ्चाल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

अन्य

भिडियो