१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय युवराज बराईलीलाई असोज २६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले २५ गते इलाका प्रहरी कार्यालय धुलावारीमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा असोज २६ गते गरिएको छ ।