INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पलाँता गाउँपालिका–५ का ३२ वर्षीय खेमराज बमलाई असोज २६ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले भदौ २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध असोज ४ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएको थियो ।

घटना पश्चात् फरार आरोपितलाई पीडित पक्षको उजुरीका आधारमा तिलागुफा नपा–१ नाग्मबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी श्यामबावु वलियाले जानकारी दिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ २९ गते जिल्ला अस्पताल, कालिकोटमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो