१२ वर्षीया बलिकालाई असोज २४ गते बलात्कार गरेको अरोपमा प्रहरीले धनगढी उमनपा–४ उत्तरबेहडीका १४ वर्षीय राजु चौधरीलाई असोज २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी गरेको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २५ गते सेती प्रादेशिक अस्पतालमा गरिएको डिएसपी बस्नेतले बताए ।