१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कल्याणपुर नपा–८ का २० वर्षीय मोहमद अब्दुल रहिम मन्सुरीलाई असोज २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज २५ गते बलात्कार गरेको आरोपमा सोही दिन इलाका प्रहरी कार्यालय मिर्चैयामा पीडित पक्षले उजुरी दिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहमा असोज २५ गते गरिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी आवश्यक कारवाही प्रकृया अगाडि बढाएको बताए ।