सन्धिखर्क नगरपालिका–२ की ७७ वर्षीया ज्येष्ठ नागरिक दिलकुमारी भुसाललाई उनका परिवारले मनोसामाजिक समस्या भएको भन्दै १० वर्षदेखि बन्द कोठामा थुनेर राख्ने गरेका छन् ।
सामान्य मानोसमाजिक समस्या भएको आमालाई उपचार गराउनुको साटो उनका छोरा गुणानिधि भुसाल र बुहारी शोभा भुुसालको परिवारवारले चिसो कोठामा थुनेर राखेका छन् ।
पीडित महिला बस्ने र सुत्ने कोठामा कुखुारा पनि थुन्ने गरिएको छ । पीडित महिलाका पति ‘बेपत्ता’ भएपछि उनी मानिसक रूपमा समस्यामा रेहेको उनकी बुहारी शोभा भुसालले बताइन् ।
उपचार गराई घर लिएर आएपछि औषधि नखाएका कारण समस्या झन्झन् बढदै गएको उनको बुहारी शोभा भुसालले बताइन् । उपचारको लागि भैरहवा समेत लगेको उनको भनाई छ ।
केही वर्षदेखि आमालाई बन्द कोठा भित्र थुनेर राखेको अवस्थामा देखेको स्थानीय छिमेकी कुलबहादुर नेपालीले बताए ।
उपचार गर्न सुझाव दिँदा समेत परिवारले नमानेको बतए । समयमै औषधि र उपचार नगराएकोले समस्या भएको स्थानीयको आरोप छ ।



