खाँडादेवी गाउँपालिका–४ तल्लोटारीकी ७२ वर्षीया सासू काली गिरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २५ वर्षीया बुहारी निर्मला गिरीलाई असोज १५ गते गिरफ्तार गरेको छ ।
तीन वर्षदेखि बिरामी भएर घरमा थला परेकी कालीको असोज १४ गते मृत्यु भएको र मृतकको घाँटीमा निलडाम देखिएपछि मृतकका आफन्तले बुहारीले नै सासूको हत्या गरेको आशङ्का गर्दै आरोपित निर्मलाविरूद्ध असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उक्त कार्यालयका डिएसपी सन्तोष भट्टराईले बताए ।
सोही दिन गिरफ्तारीमा परेकी आरोपित निर्मलाले अनुसन्धानको क्रममा आफूले नै सासूको घाँटी थिचेर हत्या गरेको स्वीकारेको डिएसपी भट्टराईले बताए ।
शवको पोष्टमार्टमका लागि असोज १५ गते नै त्रिवि शिक्षण अस्पताल काठमाडौँ पठाइएको प्रहरीले जनायो ।