INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२२ वर्षीया युवतीलाई बन्धक बनाई पटकपटक बलात्कार गरेको आरोपमा पीडित पक्षले मुगुको खत्याड गाउँपालिका–३ का ३६ वर्षीय कर्ण सिंह टमटाविरूद्ध असोज १६ गते जिल्ला प्रहरी कार्यालय, बागलुङमा उजुरी दिएको छ ।

पीडित युवतीलाई आरोपितले भदौ १७ गते बागलुङ बजारबाट बन्धक बनाई काठमाडौँ, सुर्खेत र नेपालगञ्ज पुर्‍याएर पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले जानकारी दिए । पीडित पक्षको उजुरी लगत्तै फरार रहेका आरोपितको खोजी कार्य थालिएको एसपी भट्टले बताए

पीडित युवतीको स्वास्थ्य परीक्षण असोज १६ गते नै धौलागिरी अञ्चल अस्पताल, बागलुङमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो