११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका रत्ननगर नगरपालिका–१५ का ४५ वर्षीय निमबहादुर सुनारलाई जिल्ला अदालत चितवनले असोज ७ गते १ वर्ष ६ महिनाको कैद र १५ हजार रुपियाँ जरिबाना फैसला सुनाएको छ ।
न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले उक्त फैसला गरेको अदालतका सूचना अधिकारी श्रेष्तेदार रुद्रमणी गिरीले जानकारी दिए ।
पीडित बालिकालाई आरोपितले गत जेठ ११ गते बलात्कार गरेको भन्दै आरोपितविरूद्ध जेठ १३ गते इलाका प्रहरी कार्यालयमा उजुरी परेकोमा आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १३ गते भरतपुर अस्पतालमा गरिएको थियो ।