INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया युवतीलाई बेचबिखन गरेको आरोपमा प्रहरीले दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी ३३ वर्षीया सरस्वती भन्ने जेर्कु मेन्दो तामाङलाई भदौ ३० गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०७० फागुन ७ गते विभिन्न प्रलोभन देखाइ भारत पुर्‍याएर बेचेको पीडित पक्षको आरोप रहेको छ ।

पीडित पक्षले आरोपितविरूद्ध ०७१ साउन २ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा  गत भदौ ३० गते काठमाडौँबाट गिरफ्तार गरिएकी फरार आरोपितलाई प्रहरीले असोज १ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

भारतमा बेचिएर फर्कीएकी युवतीले आफू बेचिएको कुरा परिवारलाई बताएपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा काठमाडौँमा नाम फेरेर लुकीछिपी बस्दै आएकी आरोपितलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान सुरू गरेको उक्त कार्यालयका डिएसपी राजेश थापाले बताए ।

सोही घटनामा संलग्न अर्की आरोपित दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी सविना तामाङ भने हालसम्म फरार रहेको प्रहरीले जनायो ।

अन्य

भिडियो