धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा असोज १ गते राति १० बजे अज्ञात पक्षद्वारा आगजनी गरिएको छ ।
झ्यालको सिसा फुटाएर पेट्रोलको बोतल कार्यालय भित्र फालेर आगजनी गरिएको वडा अध्यक्ष नारायणप्रसाद बरालले बताए ।
आगो लगाएको थाहा पाउने बित्तिकै कार्यालय भित्र सुतेको गार्डले हल्ला गर्दै गुहार मागेपछि स्थानीयद्वारा आगो नियन्त्रणमा लिइएको वडा अध्यक्ष बरालले बताए ।
घटनामा संलग्न पक्षको खोजी भइरहेको र आगो कसले र किन लगाएको भन्न तत्तकाल नसकिने जिल्ला प्रहरी कार्यालयका एसपी सुदिप गिरीले बताए ।