INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य तथा आलिताल गाउँपालिकाका इन्चार्ज ४० वर्षीय ‘आलोक’ भनिने खेमबहादुर बोहरालाई असोज १ गते प्रहरीले गिरफ्तार गरेको छ ।

सरकारद्वारा प्रतिबन्धित गतिविधिमा संलग्न भएको देखिएकोले बोहरालाई आलितालबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी दधिराम न्यौपाने जानकारी दिए ।

बोहराविरूद्व असोज १ गते सार्वजनिक शान्ति विरूद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी न्यौपानेले बताए ।

अन्य

भिडियो