१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अदालत पेश गरिएका भारत अररिया बेलगाछी-१३ का २२ वर्षीय श्यामसुन्दर कुमारले कसुर गरेको अदालतले ठहर गरेको छ ।
न्यायाधीश राजेन्द्र अधिकारीको भदौ ३१ गतेको इजलासले आरोपितले कसुर गरेको ठहर गर्दै सजायका लागि मिति तोक्न आदेश दिएको सूचना अधिकारी युवराज पौडेलले बताए ।
पीडित बालिकालाई कुमारले ०७५ फागुन ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध फागुन १० गते इलाका प्रहरी कार्यालय रङ्गेलीमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई फागुन १० गते गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १० गते कोशी अञ्चल अस्पतालमा गरिएको थियो ।