गढी गाँउपालिका-३ की १७ सञ्जीता उराउ, पति र परिवारले हेलाहोचो गरी हिंसा गरेको भन्दै सात महिनाकी नानीसहित न्यायका लागि प्रहरीको सम्पर्कमा पुगेकी छिन् ।
प्रेममा रहेका कारण १७ वर्षको उमेरमै विवाह अगावै गर्भवती बनेपछि पीडितलाई २४ वर्षीय सविन उरावले ०७५ फागुन १४ गते मन्दिरमा विवाह गरी घर भित्र्याएका थिए ।
विवाह गरेको भोलिपल्टबाट पति सम्पर्कविहीन भएपछि पीडितलाई घर परिवारले मानसिक यातना दिँदै घर निकाला गरेपछि उनी मावली घरमा बस्दै आएकी छिन् ।
प्रहरीले आरोपित परिवारलाई झिकाएर छलफल गराउने र त्यसपछि आवश्यक कारबाही अघि बढाउने जनाएको छ ।