नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका झापा जिल्ला सेक्रेटरी मनिष भनिने प्रविन मिश्र र जिल्ला सदस्य टिका पोखरेललाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको छ ।
उनीहरूलाई विर्तामोड नगरपालिका-४ स्थित नेपाल विद्युत प्राधिकरण कार्यालय नजिक रहेको चिया पसलबाट सादा पोशाकमा खटिएका प्रहरीले गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
केही समयदेखि बिर्तामोड क्षेत्रलाई सेल्टर बनाउँदै पार्टीका गतिविधि सञ्चालन गर्दै आएका मनिषलाई विशेष सूचनाका आधारमा गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापामा डिएसपी महेन्द्रकुमार श्रेष्ठले भने विप्लवका कार्यकर्ता गिरफ्तार भएको प्रहरी युनिटबाट सूचना नआएको बताएका छन् ।