इश्वरपुर नपा–११ करमुहान बस्ने ३६ वर्षीय राजेश साहलाई सोही नपा–१० खैरा बजार नजिकै अपरिचत व्यक्तिको गोली प्रहारबाट घाइते भएका छन् ।
भदौ २७ गते राति घरतर्फ आउँदै गर्दा अपरिचित व्यक्तिले गोली प्रहार गर्दा छोरा घाइते भएको पीडितको बुबा दर्शन साहले बताए ।
साहको नाइटोको छेउमा गोली लागेर घाइते भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । घाइते साहलाई तत्काल उपचारका लागि अमृत हेल्थ केयर इश्वरपुर (बयलवास) मा लगेकोमा सामान्य उपचार पश्चात थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । गोली प्रहार कसले र किन गरेको हो भनी नखुलेको प्रहरीले जनाएको छ ।
अपरिचत व्यक्तिले गोली हानी भागेकाले घटनामा संलग्न दोषीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन् ।